
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्स विमानका घाइतेहरुको उद्धार कार्य जारी छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र नेपाली सेना,प्रहरीसहित स्थानीयहरुले पनि दुर्घटनामा परेका घाइतेहरुको उद्धारमा सहयोग गरिरहेका छन् ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।