काठमाडौं। सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ। यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।

बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ।’

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय