काठमाडौँ,आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।

३४ शव गण्डकी अस्पताल लगिएको छ भने ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए।

प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको  तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए।

यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ।घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय