काठमाडौं — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आजभोलि काठमाडौंमा छन् । विश्वासको मत नलिँदै उनी काठमाडौं तिर हानिनुको उद्देश्य नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको रिहाइका लागि कसरत गर्नु हो ।

रेशमको रिहाइलाई प्रमुख मुद्दा बनाइरहेको नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत न पुग्ने देखिन्छ ।

मुख्यमन्त्री रावल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीसहितका नेताले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका हुन । भेटमा प्रधानमन्त्री दाहालले प्रक्रिया पूरा गरेर रेशमलाई छुटाउने प्रतिबद्धता गरेको एक नेताले बताए छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय