काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

सर्वोच्च अदालतको आदेशपछि आज पुनः नेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने दाबी गरेको हो।

गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने स्वतन्त्र पार्टीले गरेको छैन। नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ।

रवी लामिछानेलाई पुन: गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन, माओवादी नेताहरूले पनि गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्। तर एमाले अध्यक्ष केपी ओलीले भने लामिछानेलाई पुनः गृहमन्त्रालय दिनुपर्ने दवाव दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय