काठमाडौँ । प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ। चौधरी सहित तीन जनालाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते छ महिना कैद तोकेको थियो।

सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारवादी फौजदारी मुद्दा परेको थियो।

हालको लम्किचुहा नगरपालिका (साबिकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।

मुद्दामा ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगाएको दाबी ट्याक्टरका मालिक महादेव बजगाईँले गरेका थिए।

अदालतले तीनै जनाबाट बिगो रकम असुल्न समेत आदेश गरेको पाइएको छ। सो मुद्दामा लम्कीचुहाकै परशुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका छन्।शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो ।        उनि नागरिक उन्मुक्ति पार्टीबाट विजयी सांसद हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय