
काठमाडौं: रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने गृह मन्त्रालय आफूहरूले नछाड्ने बताउँछन् । उनले भने, ‘यो हाम्रो भागमा परेको मन्त्रालय हो । यसमा प्रधानमन्त्रीज्यूबाट कुनै तलमाथि हुन्छ जस्तो लाग्दैन ।’
खाली भएको गृहमा कसलाई पठाउने भन्ने रास्वपाकै चासोको कुरा भएको उनको भनाइ छ । गैरसांसदका रूपमा सभापति लामिछानेलाई नै गृहमा पठाउने भनेर टुंगो नलागिसकेको पनि परियारले बताए । ‘उहाँलाई नै पठाउने भनेर पार्टीले निर्णय गरिसकेको अवस्था छैन । सम्भवतः आज यसको निर्णय हुन्छ,’ उनले भने ।
नेकपा एमाले भागबन्डाअनुसार गृह रास्वपालाई नै दिनुपर्ने र त्यसमा पनि लामिछानेलाई नै पुनः नियुक्त गर्नुपर्ने पक्षमा छन्। तर प्रचण्डले भने लामिछानेको राहदानी सम्बन्धी विवादको निरूपण नभएसम्म उनलाई सरकारमा ल्याउन नसक्ने संकेत गरेका थिए ।
हिजो बसेको केन्द्रीय समितिको बैठकमा भने लामिछानेले आफू नै गृहमा फर्किने संकेत पनि गरेका थिए ।