शुवास अधिकारी
कमलबजार, माघ १६ ।
आज माघ १६ अर्थात शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाईएको छ ।
विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ ।
यसैबिच कमलबजार नगरपालिकाले सहिद दिवशका अवसरमा आज एक कार्यक्रम आयोजना गरि सहिदको सम्झनामा गरेको छ । सहिदका तस्बिरमा पुष्पहार तथा माल्र्यापण गर्दै नगरपालिकाले सो दिवश मनाएको हो । नगर प्रमूख यज्ञ प्रसाद ढकाल, उप प्रमूख सारदा बिष्ट कुवँर, वडा नं. १ का अध्यक्ष भक्त बहादुर बोहरा, २ का वडा अधयक्ष दिर्घा टमट्टा, ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाईको उपस्थिती रहेको थियो ।
यस्तै नगरपालिकाका निमिक्त प्रमूख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, बिभिन्न दलका प्रतिनिधी, बिभिन्न बिषयगत शाखाका प्रमूख एवंम् प्रतिनिधी, पत्रकार, बिभिन्न संचार माध्यममा कार्यरत संचारकर्मी लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले सहिदको बलिदानी, संघर्षलाई यसरी समिझनु भयो ।
नगरपालिकाका प्रमूख ढकालले सहिदले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने धारणा राख्दै तिनका सपना पुरा गर्न सम्पूर्ण नागरिक सचेत हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । सहिदका तस्बिरमा पुष्पहार तथा माल्यापर्ण गर्दै नगर प्रमुख ढकालले यस्तो बताउनु भएको हो । यस्तै उप प्रमूख कुवँरले सहिदलाई सम्झेर मात्र नहुने भन्दै सहिदका मार्गदर्शन एवंम् सहि बाटोमा सबैले हिड्नु पर्नेमा जोड दिनुभयो । कुुवँरले पनि ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदहले देखाएको बाटोलाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको बताउनुुभएको छ ।
शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय