कमलबजार माघ १८ ।

कमलबजार नगरपालिकामा अन्तर माध्यामिक बिद्यालयको खेलकुद प्रतियोगिता उद्घाटन भएकाे छ । साे कार्यक्रम मा बाेल्नु हुदै

कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले खेल क्षेत्रले नेपालको शान बढाएको बताएकि छन । बुधबार अछामको कमलबजारमा सञ्चालन भएको  कमलबजार नगरपालिका स्तरीय अन्तर माध्यामिक बिद्यालयको खेलकुद प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख कुँवरले यस्तो बताएकि हुन ।

खेल क्षेत्रको बिस्तारका लागी कमलबजार नगरपालिकाले यसअघि पनि सहयोग गर्दै आएको भन्दै कुँवरले आगामी दिनहरुमा पनि खेलको संरक्षणका लागी बजेटको अभाव हुन नदिने गरि कार्यपालिकाले कामगर्ने बताईन ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै उहाँले अनुशासित भएर विचलीत नभई खेलमा सहभागि हुन अपिल गर्नुभयो । अन्तर माबि खेलकुद प्रतियोगितामा छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन शुभकामना दिँदै उहाँले प्रदेश हुँदै राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सहभागि हुनेगरि खेलखेल्न आग्रह गर्नुभयो ।

कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन । कमलबजार नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालयको खेलकुद प्रतियोगितालाई कमलबजारमा उद्घाटन गर्नुहुँदै नगर प्रमुख ढकालले यस्तो बताएका हुन ।

खेल क्षेत्र देशकै गौरव भएकाले यसको प्रर्वद्धनका लागी तीनवटै तहका सरकारले काम गर्नुपर्ने बताउँदै ढकालले खेलकुद क्षेत्रको थप विकासका लागी आफ्नो नगरपालिकाले सम्पूर्ण शक्ति प्रयोग गर्ने बताएका हुन । खेल क्षेत्रमा प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गरि हरेक विधाका खेलहरूमा नगरपालिकालाई उत्कृष्ट बनाउनमा नगरपालिकाले काम गर्ने प्रतिवद्धता जनाए ।

खेलाडी नै राष्ट्रका गहना भएको उल्लेख गर्दै प्रमुख ढकालले अनुशासित भएर खेल खेल्न समेत आग्रह गर्नुभयो । नगरपालिका भित्र रहेका ११ वटै माध्यामिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गर्ने क्रममा बाल्दै उहाँले नगरको खेल क्षेत्रलाई थप विकास गर्न सबै खेलप्रेमीहरूलाई आग्रह गर्नुहुँदै नगरपालिकाले पनि सबै प्रकारका सहयोग गर्ने बताए । खेल क्षेत्रकै माध्यमबाट नेपालको नाम अन्तराष्ट्रिय जगतसम्म स्थापित भएको स्मरण गर्दै उहाँले युवाहरूलाई खेलक्षेत्र प्रति आवद्ध हुन अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय