
कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएका हुन् ।
पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ । विज्ञप्तिमा आफूहरूलाई जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास भएकोसमेत आरोप लगाइएको छ ।