भारत ।  संयुक्त नेपाली महासँघ (रजि.)मुम्बई को आयोजना मा मुम्बई को रे रोड स्थित टाटा गार्डन् बि.पि.टी.ग्राउन्ड मा वार्षिक खेलकुद कार्यक्रम रूपमा भएको छ । सो खेलकुद कार्यक्रम मा विषेश गरि क्रीकेट खेल प्रतियोगिता प्रमुख खेल थियोे त्यसको साथ साथै अन्य मैदानी खेल हरु पनि खेलाइयको थियोे । विभिन्न उमेर समूह मा प्रतिस्पर्धा गराइएको थियोे यो खेलकुद महासघ का आजिवन सदस्य एवं महासँघ का खेलकुद प्रमुख स्वर्गीय सागर खत्रीको स्मृतिमा प्रतिस्पर्धा आयोजना गरीयको थियोे । यो कार्यक्रम महासँघको नियमित वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत सम्पन्न भएको पुर्ण बहादुर कुँवरले जानकारी दिनु भयो । कार्यक्रम लाई सफल पार्न को लागि महासघ का सल्लाहकार समिति सदस्य , महासँघ का पदाधिकारी , कार्यकारिणी सदस्य , महासघ का आजिवन सदस्य लगायत गैर सदस्य शुभचिन्तक अभिभावकको ठुलो सहयोग र भूमिका रहेकोे थियो । सो कार्यक्रम को उदघाट्न दिपप्रजोलित र नारिवल फोडी पुजा गरी शुभारम्भ महासघ का वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर कुँवर ज्यू ले गर्नु भएको थियोे । कार्यक्रम को प्रमुख अतिथि शैलेश खत्री हुनुहुन्थ्यो र अन्य बिशेष अतिथीमा महासघ का पूर्व सल्लाहकार प्रमुख झपट सिंह , पूर्व अध्यक्ष जगत बहादुर सिंह , पूर्व अध्यक्ष ताराप्रशाद शर्मा , शान्त शर्मा , शिवराज शर्मा पूर्ब उपाध्यक्ष गणेश ढकाल लगायतको उपस्थिती रहेको थियो ।

वार्षिक खेलकुद २०२३ तथा स्वर्गीय सागर खत्री ज्यु को स्मृतिमा आयोजित खुल्ला क्रीकेट प्रतियोगिता २०२३ लाई सफल पार्न सहयोग गर्ने अध्यक्ष , उपाध्यक्ष,सम्पुर्ण सल्लाहकार लगायत पधाधिकारी , सदस्यलाई महासंघले हार्दिक आभार प्रकट गरेको छ ।
महिला पुरुष र बालबालिका हरु को लागि विशेष खेल हरु जस्तैः घैटो फोड्,चम्चा गुच्छा रेस ,केरा दौड र संगीत कुर्सी लगायत का खेल हरु राखिय को थियोे । खेल जित्ने हरु को लागी विशेष पुरस्कार प्रदान गरि हौसला प्रदान पनि गरिएको थियोे तेस्तै गरि खुल्ला क्रीकेट मा १८ टिम जस्मा मुम्बई पुने र गुजरात देखी आयेका नेपाली युवा खेलाडी हरु थिए । विभिन्न १८ टिमले सहभागीता जनाएको उक्त क्रीकेट प्रतियोगिता मा प्रथम भरत ११ ले जितेर रु.२०००० । र ट्राफि प्राप्त गरे भने दोस्रो स्थान प्राप्त गरि येम सि सि बोरिवली ले रु.१५ हजार , ट्रफि प्राप्त गर्न सफल भयो । तेस्तै गरि बेस्ट ब्याटसन मेन मदन बेस्ट बोलर प्रकाश र मेन ओफ द सिरिज ओम खडका ले पायेका थिए ।
कार्यक्रम गर्न को लागि हामीलाई आर्थिक सहयो गर्नु हुने सम्पुर्ण दानदाता हरु लाई आयोजकले धन्यवाद ज्ञापन पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय