शिवराज ढुंगाना
अछाम, जेष्ठ ५ ।

ग्रामिण डकर्मीहरूका लागि ७ दिने भूकम्प प्रतिरोध भवन निर्माण तालिम मंगलसेन नगरपालिकाको वडा नम्बर १२ को बान्नाोलीमा सम्पन्न भएको छ । वैशाख २० गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरिएको तालिम आज एक कार्यक्रमका बीचमा नगरप्रमुख पदमबहादुर बोहराबाट समापन गरिएको हो ।
प्रमुख अथिति बोहराले सीप सिकेर मात्रै नहुने भएर इच्छाशक्ति मात्रै नभएर सीपको कुनै अर्थ नहुने भनाइ राख्नुभयो । इमानदार, लगानशिल र कर्तव्यनिष्ठ काम भएर तोकिएको काम सम्पन्न गरे मात्रै पछिल्लो पुस्तासम्म नाम र काम रहने भनाई रहनुपर्ने भनाइ राख्नुभयो । नगरप्रमुख बोहराले भूकम्प लगायतका विपद्का विरूद्दमा योजना बनाएर काम गरिरहेको भनाइ छ । नगरले शिक्षा, स्वास्थ्य, कृषिलगायतका काम गरिरहेको भनाइ छ । सीप सिकाएर नगरवासीलाई दक्ष बनाएर आयआर्जनतिर लाग्न प्रेरित गरिरहेको भनाइ राख्नुभयो । तालिमपछि परम्परागत भन्दा भूकम्प प्रतिरोधी घर निमार्णका लागि नगरवासीमा सुझाव दिनुभयो ।
स्थानीय १९ जना डकर्मीहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी डकर्मीहरूले आगामी दिनमा भुकम्प प्रतिरोध घर निर्माण गर्नेमा प्रतिबद्धता जनाउनुभएको छ ।
वडा अध्यक्ष खगेन्द्रबहादुर रावलको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख पदमबहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा नगरका विपद् शाखा प्रमुख नरेशबहादुर कठायत, वाक नेपालका अध्यक्ष बलबहादुर केसी, पत्रकार शिवराज ढुंगानाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सचिव दिलबहादुर केसी, सेभ द चिल्ड्रेन, वाक नेपालका कर्मचारी र डकर्मीहरूको सहभागीता रहेको थियो । सेभ द चिल्ड्रेन नेपाल, वाक नेपाल र मंगलसेन नगरपालिकाको समन्वयमा विपद् पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिमको समापन कार्यक्रमको सञ्चालन प्रेम पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय