
हिक्मत नेपाली
कमलबजार, बैशाख ७ ।
पछिल्लो समय गाई गोरु र भैसीमा लाग्ने लम्पी स्किन डिजिज (LSD) रोगले भयावह अवस्था सिर्जना भएको छ । कृषकले खेतीपाती लगाउने समयमै फैलिएको यो प्रकोप बाट कमलबजार नगरपालिकाका पशुपालक कृषक पनि मारमा परेका छन । यसैको मध्येनगर गरि कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले कृषकको घरआगनमै पशु प्राविधिक लिएर उपचार गराउने कार्यको थालनी गर्नु भएको छ । आज कमलबजार नगरपालिका वडा नं ६ विरपथ र स्याउलेमा LSD संक्रमित विभिन्न कृषकका ५० भन्दा वढी गाई गोरुको उपचार गरिएको कमलबजार नगरपालिका पशु शाखामा भ्याक्सिनेटरको रुपमा कार्यरत टेक बहादुर खड्काले बताउनु भयो ।
आज कृषकको घर आगनमै गएर संक्रमित गाई तथा गोरुको उपचार गरिए पछि स्थानीय कृषकले पालिका सरकारलाई धन्यवाद व्यक्त गरेका छन ।