हिक्मत नेपाली
अछाम ,जेष्ठ ९ ।
अछामको कमलबजार नगरपालिका वडा नं १ मा गए राति हावाहुरी बर्षा संगै परेको चट्याङ लागेर ४ जना घाइते भएका छन । घाइते हुनेमा कमलबजार नगरपालिका वडा नं १ बस्ने १८ बर्षिय गिता कुमारी रावत बिष्ट, ३२ बर्षिय धिर्जा बजगाई, ३० वर्षिय सरस्वती बजगाई, र ५० वर्षिय मोतिकला बजगाई रहेकाे ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्राथमिक स्वास्थ केन्द्रका डाक्टर अनमोल थापाले जानकारी दिनुभयो । अन्य तीन जना घाइते लाई थप उपचारका लागि सदरमुकाम मंगलसेन रिफर गरिएको डा. थापाले बताउनु भयो । चट्याङ लागेर १ भैसी पनि मरेको र घरमा पनि क्षति भएको स्थानीय कमल विकले बताउनुभयो ।
अछाम जिल्लाको समग्र क्षतिको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश सपं विष्टले जानकारी दिनु भयो ।

अछामको कमलबजारमा चट्याङ लागेर ४ जना घाइते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय