
हिक्मत नेपाली
अछाम, जेष्ठ ०९ ।
अछामको मेल्लेख गाँउपालिका वडा नं ४ का सर्जने साँउदको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको छ । आज दिउसो २ बजेर ३० मिनेटमा सोहि ठाँउको हात्तिकोट देखी सेलगाँउ तर्फ बिजुलीको लाईन विस्तारका क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भईरहेको र शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पलात लगिएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरीक्षक राजेन्द्र साँउदले जानकारी दिनुभयो ।