
हिक्मत नेपाली
अछाम, जेष्ठ १०
कमलबजार नगरपालिकाको आयोजनामा सहकारी संस्थाको लेखा समितिका पदाधिकारीहरुलाई लेखा व्यवस्थापन ३ दिने तालिमआज देखि सुरु भएको छ ।
तालिमको उद्घाटन सत्रको अध्यक्षता कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले गर्नु भएको थियो । अतिथिमा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट ,सुदूरपश्चिम प्रदेश बचत तथा सहकारी संघका उपाध्यक्ष सुरत खड्का रहनु भएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य पालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट ले राख्नु भएको थियोे । संघियता पश्तात सहकारी लाई नियमन स्थानीय सरकारलाई जिम्मेवारी प्रदान भएकोले निति नियम र ऐनमा व्यवस्था भए अनुरुप सहकारीले काम कारोबार गर्न आवश्यक रेहेको वताउनु भयो । साथै तालिममा सहभागी लाई सक्रियता पुर्वक सिक्न आग्रह समेत गर्नु भयो ।
तालिमको उदेश्य माथि प्रकाश तालिमका प्रशिक्षक समेत रहेका,सुदूरपश्चिम प्रदेश बचत तथा सहकारी संघका उपाध्यक्ष सुरत खड्काले गर्नु भएको थियोे ।
उहाँले सहकारी संस्थाको लेखा व्यवस्थापन कसरी गर्ने विषयमा तालिमा प्रशिक्षण दिईने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षताको आशन बाट बोल्दै नगरप्रमुख ढकालले सहकारीको उदेश्य बुझेर काम गर्न आग्रह गर्नु भयो साथै उहाँले लेखा चुस्त दुरुस्त राख्न सुझाव समेत दिनु भयो ।सहकारी संस्थाले धेरै राम्रो काम पनि गरेका छन भने केहीले बदनाम पनि गरेकाले यश प्रति सचेत रहनु पर्ने बताउनु भयो । तालिमको सञ्चालन तथा सहजिकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको थियोे । कमलबजार नगरपालिका भरिका सहकारी संस्थाका लेखा समितिका पदाधिकारीहरुको सहभागीता रहेको तालिम आज देखि शनिबार सम्म चल्नेछ ।