हिक्मत नेपाली
कमलबजार, जेष्ठ ११ ।
गाई गोरु र भैसीमा लाग्ने लम्पी स्किन डिजिज रोगले यतिवेला भयावह अवस्था सिर्जना भएको छ । यसैबिच कमलबजार नगरपालिका वडा नं २ बजुडाका वडा अध्यक्ष दिर्घा टमट्टाको पहलमा आज वडामा कृषिपालक किसानका गाई , गोरु तथा भैसीलाई उपचार गरिएको छ । कृषकले खेतीपाती लगाउने समयमै फैलिएको यो प्रकोप बाट वडाका पशुपालक कृषक पनि मारमा परेकाले वडाको भैपरी आउने बजेटबाट औषधी खरिद गरी पशु प्राविधिक बाट उपचार गराईएको वडा अध्यक्ष टमट्टाले बताउनु भयो ।
वडाका बिभिन्न पशुपालक किसानका लम्पी स्किन डिजिज संक्रमित ४६ गाई तथा गोरु र १ भैसीको उपचार गरिएको कमलबजार नगरपालिकाका पशु शाखा प्रमुख देवेन्द्र बहादुर शाहीले बताउनु भयो ।
लम्पी स्किन डिजिज गाईवस्तुको एक तीव्र भाइरस रोग हो जसमा विभिन्न आकारका छालाका नोडलहरू फुट्ने, हातखुट्टाको सूजन र लिम्फ नोडहरू सुन्निन्छ।
यो रोगको पुर्ण रोकथामका लागी विशेष एन्टिभाइरल औषधिहरू नभएपनी अन्य संक्रमण रोक्न एन्टिबायोटिक प्रयोग गरी उपचार गरिएका पशु प्राविधिक टेक बहादुर खड्काले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय