मसुरीया, ११ फागुन।  कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ मनकापुरमा निशुल्क रेबिज रोग विरुद्ध खोप कार्यक्रम सम्पन्न भएको छ । नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला) कैलालीको आयोजनामा कार्यक्रम गरिएको हो ।

गौरीगंगा नपा  वडा नं. ७ को समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढी, पशुपंछी रोग अन्वेषण प्रयोगशाला धनगढी र गौरीगंगा नगरपालिका पशु सेवा शाखाको सहकार्यमा रेबिज विरुद्धको खोप कार्यक्रम गरिएको हो ।

वडाको ७ वटा स्थानमा गरिएको शिविरमा घरपालुवा तथा सामुदायीक कुकुर २०० वटा तथा ४० वटा बिरालाको स्वास्थ्य जाँच तथा खोप लगाइएको नेभ्ला कैलालीका अध्यक्ष बिमल जोगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय