कमलबजार, फाल्गुन १३ ।

कमलबजार नगरपालिकामा आज देखि दादुरा रुवेला खाेप अभियान सुरु भएको छ । ९ महिना देखि ५ बर्ष मुनिका बालबालिका लाई दादुरा रुबेला खोप अभियान सुरु भएको हो । आज पहिलो दिन १९० जना महिला र १९४ जना पुरुष गरि जम्मा ३८४ जनाले खोप लगाईएको कमलबजार नगरपालिका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्टले जानकारी दिनुभयो । खोप कार्यक्रम कमलबजार नगरपालिका का ३१ वटा खोप केन्द्र बाट बिहान १०:०० बजे देखि अहिले बेलुका ४:०० बजे सम्म सञ्चालन भएको थियो । पालिकामा खोप तालिका अनुसार  खोप अभियान चल्नेछ । नजिकैको खोप केन्द्रमा गई आफ्ना वालवालिकालाई खोप लगाउन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय