हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १ ।
लागु पदार्थ दुव्र्यसन विरुद्ध र मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या निरुत्साहन सम्बन्धी विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम कात्यायनी मावि बिरपथमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा बाल अधिकार संरक्षण कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछामका प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी रहनुभएको थियो । कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर रावल बिशिस्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमका अन्य अतिथिमा प्रधानाध्यापक टोपेन्द्र कुमार शाही, जिल्ला प्रशासन कार्यालय नासु विनोद शाही, वडा सदस्य प्रेम शाही लगायत रहनुभएको थियो ।
कार्यक्रममा लागू पदार्थ दुव्र्यसनी, मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या निरुत्साहनका विषयमा सचेतनामूलक अभिमुखिकरण गरिएको थियोे । कार्यक्रमको सञ्चालन शिक्षक चक्र बहादुर विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय