हिक्मत बहादुर नेपाली
अछाम चैत्र ११ ।
अछाममा विश्व क्षयरोग दिवस २०२५ का अवसरमा पत्रकार तथा सरकोरवाला संग अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा भएको कार्यक्रम स्वास्थ कार्यालयका प्रमुख जनस्वास्थ अधिकृत झपट राज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको छ । हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता भन्ने नाका साथ आज अन्तराष्टिय स्तरमै विश्व क्षयरोग दिवस विभिन्न कार्य क्रम गरि मनाईयको छ ।
स्वास्थ्य कार्यालय अछामको सभाहलमा भएको पत्रकार तथा सरकोरवाला संगको अन्तरक्रिया कार्यक्रममा क्षयरोग सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले प्रस्तुतिकरण राख्नु भएको थियो । अछाममा क्षयरोगका कारण विगत तीन बर्षमा ३ सय १ जनाको मृत्यु भएको छ । क्षयरोग संक्रमित भएर अ.व. २०७९/८० मा १ सय २१ जना, आव. ८०/८१ मा १ सय १६ र आव ८१/८२ को हाल सम्म ६४ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । क्षयरोगका संक्रमित मध्ये ६४ बर्ष उमेर भन्दा माथीको उमेर समुहका व्यक्ति बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । संक्रमित मध्ये महिला भन्दा पुरुषको संख्या बढी रहेको छ । अछामका क्षयरोग संक्रमित मध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेको तथ्यांक छ । त्यसैगरी नियमित औषधी सेवन गरिरहेका मध्ये विचैमा छोड्नेको संख्या धेरै रहेको छ ।
राष्टिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तरगत सन २०५० मा नेपाललाई क्षयरोग मुक्त देश बनाउने दिर्घकालिन लक्ष्य रहेको छ । क्षयरोग अन्त्यका लागी दिगो विकास लक्ष्य अनुसार सन २०१५ को तुलनामा सन २०३० मा ८० प्रतिशतले नयाँ संक्रमण दर कम गर्ने, ९० प्रतिशतले मृत्युदर कम गर्ने र क्षयरोगका कारणले परिवारमा पर्ने खर्चको अत्याधिक भार शुन्य बनाउने लक्ष्य रहेको कार्यक्रममा बताईएको छ ।
ADVERTISEMENT




