पुर्व प्रधानपञ्च बजगाईको निधन, २५ गते समैजीरवामा अन्त्यष्टी गरिने
हिक्मत बहादुर नेपाली
अछाम माघ २४ ।
पुर्व प्रधानपञ्च समेत रहेका कमलबजार नगरपनलिका वडा नं ८ डुंगाला निवारी भुवानन्द बजगाईको ९२ बर्षको उमेरमा निधन भएको छ । उहाँको आफ्नै निवास डुंगालामा माघ २३ गते दिउसो करिब ३ बजे तिर निधन भएको हो । बजगाई वि सं १९९२ मा जन्मिनु भएको थियो । उहाँ तत्कालिक समयमा विसं २०१७ साल देखी २०२२ सम्म प्रधानपञ्च हुनु भएको थियो । साथै उहाँ विभिन्न समयकाल खण्डमा विभिन्न पदमा रहेर सामाजिक सेवा गर्नु भएको थियो ।
उहाँको प्रार्थीव शरिरको भोलि माघ २५ गते कमलबजार नगरपालिका वडा नं ७ स्थित समैजिरवा गाडमा गरिने उहाँको पारिवारिक श्रोतले बताएको छ ।




