कमलबजार माघ २२ ।
यहि माघ १८ गतेबाट सुुरुभएको राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिता कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।
आइतबार सबै विधाको लागि खेलाडी छनोट कार्य सकिएसँगै राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको हो ।
खेलाडी छनोट प्रतियोगिता समापन कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका उपप्रमुुख शारदा कुमारी बिष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफनो पहिचान झल्काउन खेलाडी सक्रिय बन्न आवश्यक रहेको बताउनुभएको छ ।
खेल क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट बजेटको अभाव हुन नदिने बताउनुभयो । उपप्रमुख बिष्टले अनुशासित भएर खेल प्रदर्शन गरेमा खेलाडीलाई धन्यावद दिदै हरेक खेलको संरक्षण गर्न नगर सरकार प्रतिबद्ध रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
नगरपालिका अन्तर्गतका ११ वटै माध्यामिक विद्यालयका खेलाडी बिच विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो ।
भलिबल,कवर्डी,लङ्गजम्प,हाइजम्प,भाला,त्रिपलजम्प,लगायतका खेलमा प्रतिस्पर्धा गराएर उत्कृष्ट हुने खेलाडी जिल्ला स्तरीय प्रतियोगिता लागी छनोट गरिएको नगर खेलकुद समितीका अध्यक्ष धिरज रावतले जानकारी दिनुभएको छ । छनाेट प्रतियाेगीता भव्यताका साथ सम्पन्न भएकाे कमलबजार खेलकुद विकास समितीका अध्यक्ष रावतले बताउनु भयाे । साथै उहाले प्रतियाेगीता सम्पन्न गराउन सहयाेग गर्न सबैलाइ धन्यवाद समेत व्यत्त गर्नु भयाे ।
प्रतियोगितामा प्रथम जाल्पा माध्यामिक विद्यालय ढाँकु,द्धितिय विद्या प्रबोधनी माध्यामिक विद्यालय घोडासेन र तृतिय स्थान कालिका माध्यामिक विद्यालयले हासिल गरेको छ । बिभिन्न विधामा प्रथम द्धितिय र तृितय स्थान हासिल गर्न खेलाडी तथा टिम लाइ समापन कार्यक्रममा टफी मेडल र प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
प्रतियोगिता समापन कार्यक्रममा कमलजार नगरपालिकाका वडा न २ का वडा अध्यक्ष दिर्घा टमट्टा ३ का वडा अध्यक्ष नैन सिह कुँवर ५ का अध्यक्ष सत्यराज तिमिल्सैना ७ का वडा अध्यक्ष नृप बहादुर बाेहाेरा कार्यपालिका सदस्य, कमल बजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख भास्कर चन्द्र विभिन्न ११ वटै माध्यामिक विद्यालयका प्रमुख एवम प्रतिनिध विभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि ११ वटै विद्यालयका खेलाडी सरोकारवाला,पत्रकार लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमकाे सचालन याेगेश ढकालले गर्नु भएकाे थियाे ।





