हिक्मत नेपाली
अछाम, असार २८ ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले आफुले पाउने सुविधा मध्ये बाट ५० प्रतिशत रकम सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि खर्च गर्ने प्रतिबद्धता गर्नु भएको थियो । सोही बमोजिम कमलबजार नगरपालिकाको केन्द्रमा अवस्थित श्री शक्ति आभारभुत बिद्यालय लाई ४७६४.३७ । (अक्षेरुपी चार हजार चौसट्टी रुपैया सत्तीस पैसा) विद्यालयको अनुगमनका क्रममा आज हस्तान्तरण गर्नु भएको छ ।
आफुले पाउने मासिक सुविधा ३८ हजार एक सय पन्ध्र को ५० प्रतिशत १९ हजार ५७ रुपैया पचास पैसा मध्ये आज २५ प्रतिशत अर्थात ४७६४.३७ बिद्यालय लाई प्रदान गरि थालनी गरेको र वाँकी रकम विद्यालय संगको सल्लाहमा सोझै खातामा जाने गरेर प्रदान गरिने नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो ।
शैक्षिक सत्र २०८० मा शक्ति आविले शैक्षिक गुणस्तर सुधारका लागी अंग्रजी माद्याम बाट पठनपाठन सुरु गरेकाले यस बर्ष सो विद्यालय लाई प्रदान गरेको र आगामी शैक्षिक सत्र २०८१ मा पालिका भित्रका अन्य बिद्यालयले सुरु गरेमा सो बिद्यालयलाईनी प्रदान गर्ने उहाँको भनाई छ ।
कमलबजार नगरपालिकाको केन्द्रमा अवस्थित शक्ति आभारभुत बिद्यालयको आज अनुगमनका क्रममा नगर प्रमुख ढकालले बिद्यालयले शैक्षिक गुणस्तर सुधारका लागी पालिकाको सहयोगमा अंग्रेजी माद्यामबाट पढनपाठन सुरु गरेकोले सकारात्मक सन्देश प्रवाह भईरहेको र बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागी समेत प्रतिबद्ध रहने बताउनु भयो ।
यस अघी बिद्यालयमा बिद्यार्थीको संख्या न्युन रहेको र यस बर्षदेखी अंग्रेजी माद्याम बाट पढनपाठन सुरु गर्ने भने पछी सो बिद्यालयमा २४५ बिद्यार्थी भर्ना भएका र उपस्थिीतीको संख्या पनी उल्लेख्य रहेको प्रधानाध्यापक पहल बिष्टले बताउनु भयो । हाल बिद्यार्थीको तुलनामा शिक्षकको अभाव रहेको र भौतिक पुर्वाधारको समेत अभाव रहेकोले पालिकाले व्यवस्था गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।




