रमिता बि क।

कार्तिक १३ गते : कमलबजार नगरपालिकामा स्लो बाईक रेश प्रतियोगिता हुने भएको छ ।कमलबजार युथ क्लब  (KYC)को आयोजनामा कमलबजारमा कार्तिक १५ गते स्लो बाईक रेश प्रतियोगिता हुने भएको हो ।

स्लो बाईक रेश प्रतियोगिता यहि कार्तिक १५ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने कमलबजार युथ क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागीताका लागि प्रवेश शुल्क एक हजार तोकिएको छ । यस्तै उक्त प्रतियोगितामा प्रथम हुनेले नगत दश हजार र द्वितीय हुनेले नगत छ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन । स्लो बाईक रेश प्रतियोगितामा भागलिने व्याक्तिले आफ्नो नाम दर्ता गराउनका लागि कमलबजार युथ क्लबले अनुरोध गरेको छ ।

तीब्र गतिका कारण हुने सवारी दुर्घटना कम गर्न सके अकालमा ज्यान गुमाउने जोखिम धेरै कम गर्न सकिने उदेश्य रहेको छ ।पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएकाले यस्लाई न्युनिकरण गर्नका लागि अछाममा स्लो बाईक रेश प्रतियोगिताको आयोजना तिब्र बन्ने अनुमान गरिएको छ ।

यस्तै स्लो बाईक रेश प्रतियोगिता अछामका २ वटा पालिकामा आयोजना गरिएको छ । यसअघि अछाममा पहिलो पटक पञ्चदेवल विनायक नगरपालिकामा स्लो बाइक प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय