कमलबजार, भाद्र २२ ।
नेपाली काँग्रेशको आसन्न १४ औं महाधिबेशन नजिकीदै गर्दा अछाममा पनि यति बेला काँग्रेस अधिबेशनको माहोला निकै नै तातेको छ । बिभिन्न क्षेत्रबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गईरहेको छ । यसै क्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ मा बिभिन्न ब्यक्तीहरुले क्षेत्रिय शभापतिको पदमा उम्मेदवारी घोषणा गरिरहदा काँग्रेसको राजनितीमा सकृय युुवा नेता पुष्पराज अधिकारीले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपालि काँग्रेसको संगठन निर्माणमा सकृय अधिकारी नेपाली काँग्रेसको ११ औं महाधिबेशनमा क्षेत्रिय सह—सचिब, १२औं मा सचिब हुँदै १३ औं महाधिबेशनमा भने जिल्ला कार्य समितीको कोषाध्यक्ष पदमा झिनो मतान्तरमा पराजित हुनु भएको थियो । अछाममा नेपाली काँग्रेस को संगठन थप मजबुद बनाउन, युुवाहरु लाई काँग्रेसमा सकृय बनाउनका साथै अब लगत्तै हुुदै गरेको स्थानिय तहको निर्वाचनमा क्षेत्र नं. २ लगायत जिल्लाकै सबै तहमा नेपाली काँग्रेसका उम्मेदवार लाई विजयी गराउन आफ्नो उम्मेदवारी रहेको नेता अधिकारीको भनाई छ । द्धोन्द्धकालमा कमलबजारमा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने क्रममा तत्कालिन नेकपा माओवादीले रोक लगाउनुका साथै उहाँ लाई शक्ती प्रावी बिद्यालय कमलबजारको राहत शिक्षक बाट हट्न बाध्य बनाएको थियो । नेपाली काँग्रेसमा कटिबद्ध अधिकारी बिभिन्न चुनौतीका बावजुत कत्ति पनि बिचलित नभै बर्तमान समयमा नेपाली काँग्रेसमा लागिरहनु भएको छ । नेपाली काँग्रेस कार्यकर्ताका माँझ लोकप्रीय नेता अधिकारीले बिभिन्न समयमा बिभिन्न ब्यक्ती, बिभिन्न समस्यामा परेका दलित, महिला, बालबालिका लगायत अन्य लाई सहयोग पनि गर्दै आईरहनु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. २ का सम्पुुर्ण नेता, कार्यकर्ता, क्षेत्रिय प्रतिनिधी हरुलाई सहयोगका लागी उहाँले आव्हान गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय