हिक्मत नेपाली ,चैत्र १७ कमलबजार । अछामको कमलबजार नगरपालिका मा ट्याक्टर दुर्घटना हुदाँ एक जना महिलाको मृत्यु भएको छ ।आज (मंगलबार ) करिब साझ ५ बजे तिर कमलबजार नगरपालिका १० स्थाई ठेगाना भई कमलबजारमा व्यापार व्यवसाय गर्दै आउनु भएकी अन्धाजी ३२ बर्षीय नम्रता देउवाको बजारबाट घर फर्किने क्रममा कमलबजार नजिकैको जुनासैन भन्ने ठाउँमा कमलबजार बाट मष्टावण्डाली तर्फ गईरहेको से १ त ८३३९ नम्बरको ट्याक्टरले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनु भयो । शब पोष्टमाटमका लागी जिल्ला अस्पताल मंगलसैन छ । ट्याक्टर चालक कमलबजार नगरपालिका वडा नं ९ मष्टाबण्डालीका ललित रावत लाई ईलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको जानकारी आइको छ । घटनाको बारेको थप अनुसन्धानका लागि ट्याक्टर चालक लाई जिल्ला प्रहरी कार्यालय मंगलसेनमा पठाईएको प्रहरी निरीक्षक गुरूले जानकारी दिनुभयो ।