कमलबजार , असोज ९
नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्तर्गत कमलबजार नगरपालिकाको नगर अधिबेशन आज कमलबजारमा सम्पन्न भएको छ । यसै विच कमलबजार नगरपालिकाको नेपाली कांग्रेस नगर समितिमा युवा नेता नृप बहादुर बिष्ट सर्बसम्मत चयन हुनुभएको छ ।  कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम संग कुरा गर्दै कमलबजार नगरपालिकामा नेपाली कांग्रेसको नगर सचिवमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै  यो जिम्मेवारी सुम्पेको मा नेतृत्व लाई धन्यवाद दिनु भएको छ । बिष्ट हाल नेपाली कांग्रेस बाट वडा सदस्यमा निर्वाचित कमलवजार नगरपालिका वडा नं १० का जनप्रतिनिधि समेत हुनुहुन्छ । नेपाली कांग्रेसको १३ अौ महाधिवेशन बाट कमलबजार नगरपालिका वडा नं १० घोडासैन गाउँ कार्य समिति सचिवमा निर्वाचित बिष्ट  युवाहरूको नेतृत्वमा मात्र परिवर्तन सम्भव रहेको बताउछन । बिष्ट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा हुनुहुन्छ स्नातक सम्मको अध्ययन गरेका र बिपी  कोईराला युवा नेत्रित्व विकास मंच अछामका सदस्य समेत हुनुहुन्छ । उहाँको  साहित्यमा पनि उतिकै दखल रहेको छ निर्मल भावुक बिष्ट का नामले परिचित उहाँ युवाहरुमाझ अत्यन्तै लोकप्रिय हुनुहुन्छ  ।  समाजसेवामा समर्पित बिष्टले काेरोना महामारीका बिचमा कमलबजार नगरपालिका वडा नं १० मा आफ्नै लगानीमा पचास हजार बराबरको राहत बितरण गर्नु भएको थियोे ।  आफू संग प्रयाप्त क्षमता संगै नगर लाई हाक्न सक्ने अठोट भएकोले आगामी दिनमा कांग्रेस लाई नगरमा थप मजबुत बनाउन भरपुर कोशिश रहने बताउनु भयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय