🖊️रचनाकार : खगेन्द्र उपाध्याय , अछाम ।
पहिराले पुरिनँ लागे , बाढिले लिन लागे।
जन्मभूमी नेपालका, क्या दशा दिन लागे॥
बज्रपात ढी होइक्यान, अभागी रसुवा।
दैव तेरो क्या बिरायाैं , हामीलाई नरुवा॥
लाखको परानी गयो , साँच्याको धन गयो।
सोची सम्झी ल्याउँदाखेरि, अठाैंर मन गयो॥
नेपाल आमा रोयाकी छन् ,पीडा दर्दनाक।
बाढी पहिरो भूकम्प छ, नेपालीका भाग।
कतिका परानी गया, कति घाइते भया।
सोचेका सपना पँन , मनका मनै रह्या॥
रगतका खोला भया , आँसुका भेल भया।
रोक्ने छेक्ने कोई आछिन, दैवका खेल भया।
चेत छैनन् ठगान मनी, मुटुका चार चिरा।
फर्किजा जन्म्याका ठाैर, काँ छै लाल हिरा॥
अब यसो नहुन् दिएई , हे दैव छै भन्या।
अरु मरी क्या पाओल्लाई तँ एक्लै रै भन्या॥
हिमाल पहाड तराई हाम्रा, सबै अँध्यारा छाैं।
दैवका कुप्यारा भयाैं , कालका प्यारा छाैं॥
दुःखको समुन्द्र आयो, कसो गरी तराैं॥
सबै मिली आशु पुछाैं, हातेमालो गरौं।




