हिजो राती अनायसै यी सपनाहरु देख्न पुगे। सायद Valvet Hangover” ले गर्दा होला। सम्भव र आशाबादी सोचले मलाइ कहिलै सुत्न दिदैन। सुतेर देखेको सपनामा मलाइ बिस्वास छैन। जुन सपनाले मलाइ सुत्नै दिदैन तेहि सपना देख्न पुगे:

१. कमलबजार मा रहेको अस्पताल एक् मेडिकल कलेज मा स्तरोन्नती भै सम्पुर्ण सुदुरपस्चिम का गरीब जनताको एक प्राणदान दीने र बिपन्नहरुको MBBS अध्यायन गर्न पाउने एक विशेषज्ञ अस्पताल!!

२. पाचुली लेक! बिश्व मै जैबिक बिबिधता युक्त क्षेत्र घोषणा भै जैबिक पदमार्ग साथै जैबिक बिबिधता अध्यायन का लागि एक अध्यायन केन्द्र स्थापना। ३.चौकेगडा क्षेत्रमा एक बिश्व कै High Altitude स्थानमा रहेको अन्तरास्ट्रिय रङगशाला ! जहाँ सार्क स्तरिय बिबिध खेल सम्पन्न भयको!

३. यस नगरपालिका अन्तर्गत को बलाना मा रहेको यस क्षेत्रकै पुरानो उप-स्वास्थ्य चौकी एक पारामेडिकल पढाइहुने एक कलेज ! जहाँ यश क्षेत्रमा HA Nursing, Lab Tech., Radiography आदि अध्यायन को केन्द्र भयको!

४. चाइराखोला मा बिधुत पावर हाउस! यो क्षेत्रमा एक मिनेट पनि लोडसेडिङ हुदैन, उक्तक्षेत्रलाइ मत्स्य्पालन पकेट क्षेत्र घोशणा गरि यस क्षेत्रका किसानलाइ मत्स्यपालनमा प्रेरीत गरेको!!

५. मनाने ( मनकामना) र देउली ( जालपादेबी) मन्दीर क्षेत्रलाइ धार्मिक धाम दुबै क्षेत्रलाइ एकीकृत रुपमा बिकासगरी दुबै ठाउलाइ बिश्वकै लामो जीपलाइन द्वारा जोडेर Adventure Tourism बिकास गरेको!!

६. तान्ती क्षेत्रलाइ आलुखेती पकेटक्षेत्र, जामा र फल्टाने क्षेत्रलाइ बाख्रापालन पकेट क्षेत्र, घोढासैन र लाची लाई पशुपालन र कृषि उप्तादन क्षेत्र, कुल्देउ मा अलैची खेती सेरा धान उत्पाद्न पकेट क्षेत्र को रुपमा बिकासभै किसानको जीवनस्तर सुधार भयको!!

७. कमलबजार देखि चाल्सा सम्म र कमलबार देखि काकड्जामा सम्म प्याराग्लाइडिङ उडान हुन लागेको!!

८. मुलि, बजुडा र बयला क्षेत्रलाइ एकीकृत औधोगीक करिडर र लघु-उधोग केन्द्रका रुप मा बिकास भयको!!!

९. कवालेख एक एतिहासिक क्षेत्र भयकोले उत्खनन् गरि पुरातात्विक अन्वेशण साथै एक अध्यायन केन्द्र स्थापना भयको!!! घेगड क्षेत्रमा लोक बाजा संरक्षण केन्द्र स्थापना का साथै यस क्षेत्रका सबै लोक बाजा निर्त्यहरुको अध्यायन केन्द्र स्थापना!!

१०. कमलबजारका सबै वडाहरुलाइ एकीकृत गरि रिङरोड द्वारा जोडियको!!

११. बेलखेत क्षेत्रलाइ एक धामका रुपमा बिकास गरि। बेलखेत देखि कमलबजार सम्म केबलकारको योजना अगाडि बढेको !!!

१२. ढाकु लाई शैक्षिक हब को रुप मा बिकास गरि बिबिध बिषयमा स्नातक र स्नातकोतर तह सम्म अध्ययनको उपलब्धता भयको!!!

१३. डुङ्गाला क्षेत्रमा युद्ध स्मारक ( किन कि 10 बर्शे युद्ध मा अछाम मै पहिलो बिपत भोगेको) बनाइ युद्ध क्षेत्र प्रयटन बिकास गरेको।

१४. बेलखेतकोपानी water uplifting गरि बयला र चाल्सा क्षेत्रमा कृषि सिचाइ गरेको!!!

१५.छडानदेबी ध्यानेमस्ता क्षेत्रमा रहेक झरनालाइ प्रचार गरि उक्त क्षेत्रमा Rock climbing क्यानोनेरिङ को प्रब्रद्द्न गरेको!! १६.सम्पुर्ण बिधालयहरुको स्तरुन्नती गरि आधुनिक कम्प्युटर र इन्टरनेट शुबिधायुक्त बिधालय मा कुनै पनि पढ्ने उमेर समुहका बालबालिका अध्यायन बाट बन्चित न भयको!!

१७….१८…१९….१०० सबै १०० ओटै सपना याद छन तर यता लेख्न सम्भब भयन। कस्तो सपना देखे!! अचानक बेहोसिमै बर्बराउन थालेछु। के सम्भव छ?? अनुत्तरित छु!! सङगै यो सब का लागि चाहिने बजेट कहाबाट बेवस्थापन गर्ने?? तेस्को लागि नि सपना देख्ने छु। के यो सपना पूरा होला र????

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय