अछाम , कार्तिक १९ ।
अछाम रामारोशन स्थायी ठेगाना भई हाल भारतमा पत्रकारीता गर्दै आएकी ललिता मलाती लाई सामाजिक सञ्जाल फेसबुकमा अप शब्द प्रयोग गरि कमेन्ट लेखेका रविद्र शाहीले माफि मागेका छन । मलाती लाई जातीय विभेद लाई प्रसय दिई अप शब्द प्रयोग गरि लेख्ने शाही विरुद्ध नेपाल दलित मुक्ति अभियानका नरेन्द्र भुल लगायतको पहलमा ईलाका प्रहरी कार्यालय लम्कीमा दिएको जाहेरी अनुसार हिजो शनिबार उनलाई पक्राउ गरिएको थियोे । प्रवास भारतमा अध्ययनरत पिडित मलाती भौतिक रुपमा नेपालमा उपस्थित हुन नसक्दा जातीय विभेद विरुद्धको मुद्दा लाई अगाडि बढाउन नसकिने भएकाले सवैका सामु शाहीले माफी मागे पछि छोडिएको नरेन्द्र भूलले जानकारी दिनु भयो ।
पत्रकार लोकेन्द्र शाही र मलातीले सामाजिक सञ्जाल फेसबुकमा राखेको फोटोमा रविन्द्रले दलित समुदायलाई होच्याउने शैलीमा अपशब्द प्रयोग गरि लेखेका थिए । सामाजिक सञ्जालमा उनको चर्काे आलोचना भएको थियोे । आज प्रहरी सामु कान समाइ उठ बस गरि ललिता मलाति बिश्वकर्मा र लोकेन्द्र शाहि संग भिडियो कल मार्फत माफि मागेका थिए । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६ का रबिनद्र शाहीले जातिय विभेद लाई प्रसय दिने खालका स्टाटस, कमेन्ट लेख्दै आएका थिए । अबउपान्त यस्तो नगर्ने सर्तमा उनलाई छोडिएको हो ।
ADVERTISEMENT