हिक्मत नेपाली
कमलबजार कार्तिक २४ ।
अछामको कमलबजारमा प्रत्येक महिनाको अन्तीम शनिबार संस्कृती संरक्षणका लागी मेला लाग्ने भएको छ । मेलामा स्थानीय कृषी उपज सामाग्री प्रर्दशनका साथै बिक्री बितरण गरिने र स्थानीय कलाकारले देउडा खेल प्रस्तुत गरिने बताईएको छ । प्रे्त्येक महिनाको अन्तीम शनिवार कृषी प्रवर्धन बजारीकरण तथा कृषकहरुलाई उत्साहित र स्थानीय देउडा संस्कृतीलाई जगेर्ना गर्न भाद्र २८ गते बिभिन्न सरोकारवालाको उपस्थितीमा मेला लगाउने निर्णय गरिएको थियो । सोहि बमोजिम मेला हुन लागेको हो । कमलबजार देउडा तथा सांस्कृतीक प्रतिष्ठान समाज तथा कमलबजार बिकास तथा प्रर्वद्धन समितीको समन्वयका मेला आयोजना हुन लागेको बताईएको छ । उक्त मेलामा कृषकलाई आफुले उत्पादन गरेका कृषीजन्य बस्तु ल्याउन र मेला हेर्न आउन आग्रह गरिएको छ।




