रमिता बि क ,
कार्तिक २६ : कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा जन्मिनु भएका उदाउदै गरेका सहित्यकार रमेश बिष्टको कविता यसरी सुरु हुन्छ ।

जालि मान्छेहरु मन्द मुस्कानले लट्ठ बनाउछन
सञ्जनलाई मुर्ख बनाउनछन
सानो कुरालाई ठुलो बनाई नानाथरिका
आरोप लगाउने गर्छन
बैचन शब्दले बोलेर हैरान गर्छन

सिधा साधा मान्छेलाई फसाउने गर्छन
आदर्ष का कुरा गर्न माहिर हुन्छ
स्वामिमान बेचेर काम गर्छन धैर्य हुदैनन

विकास प्रेमिलाई बाँधा अवरोध गर्ने काम मात्र गर्छन
समाज सेविलाई पनि बैईमानि बनाई दिन्छन
मेहनति ईमानदारी सेवा गर्नेहरुलाई गलत देख्छन

मिठो बोलेर मनलाई लोभाई दिन्छन
बाहिर रुपमा भित्री रुपमा अहङकार हुन्छ
भेट हुदा वाह तिमि राम्रो भनि धेरै
बयान गर्छन

गुनगानले सबैलाई हल्लाई दिन्छन
पथ्थरलाई पनि पगालि दिन्छन
काँडालाई फुल बनाई दिन्छन

दिनलाई रात र रात लाई दिन बनाई दिन्छन
एम आपसमा मिलेर बसेकालाई पलभरमै छुटाइ दिन्छन
माया मोहले भुतुक्कै बनाई दिन्छन

दिन दुखि गरिवहरुको चिचाहाटमा आनन्द लिने गर्छन
राम्रो काम गर्दा पनि असहज परिस्थिति सिर्जना गरिदिन्छन
म छुनि तिम्रो चिन्ता नगर है भनिदिन्छन

साथ सहयोग मनले दिए जस्तो तर वास्तविक हुदैन
एक अर्का माथि जहिले पनि आक्रोस भैराख्छन
जालि कुरा नगरुन्जेल भोक निन्द्रा लाग्दैन
प्यास लाग्दैन केहि गरे जस्तो हुदैन

बेला बखत समाजमा भाँड मैलो गरिराख्छन
अराजकता अराजपन चोट पटक दिइ रहन्छन
उल्टा सुल्टो काममा खप्पिस हुन्छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय