काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेको छ ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा  हिजोका भाउमा नै स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय