रमिता बि क
कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीमाझ स्थित कात्यायनी माध्यमिक विद्यालयको शैक्षिक सुधार गर्न तथा विद्यालयलाई प्राविधिक धारतर्फ सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको ज्ञान ज्ञान विज्ञान महायज्ञमा कमलबजार नगरपालिका वडा नम्बर ५ द्वारा ५५ हजार ५५५ रूपैयाँ दान गरिएको छ। कमलबजार नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैना, वडा सदस्य लिलावती बिष्ट,वडा सदस्य दुर्गाप्रसाद तिमिल्सैना, वडा सदस्य रतनभुल, वडा सदस्य मन्ना बिक, लगायतको टिमले आज कात्यानी माध्यमिक विद्यालयमा लगाइएको महायज्ञमा वडाको तर्फबाट ५५ हजार ५०० सय ५५ रुपैयाँ दान गरेका हुन्।

यसै बीच कमलबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले स्वर्गीय माता पिताकोे सम्झनामा आफ्नो व्यक्तिगत तर्फबाट ११ हजार १ सय ५० रूपैयाँ पितृ दान गर्नुभएको छ। सोही विद्यालयको शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट उक्त रकम दान गरेको वडाध्यक्ष तिमिल्सैनाले बताउनुभयो।

कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीमाझ रहेको कात्यानी माध्यमिक विद्यालयलाई प्राविधिक धारतर्फ सञ्चालन गर्ने उद्देश्यले ज्ञान विज्ञान महायज्ञ सञ्चालन गरिएको स्रोतले जनाएको छ।
कात्यानी माध्यमिक विद्यालयको आयोजनामा वैशाख २१ गतेदेखि सुरु भएको महायज्ञ वैशाख २८ गतेसम्म सञ्चालन हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय