सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख जनक ढुङ्गानाको विशेष पहल र कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकाल तथा उपप्रमुख शारदा कुमारी बिष्टको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारलाई ४८ लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

मङ्गलबार एक कार्यक्रमका बीच भिडियो एक्सरे मेसिन लगायत करिब ४८ लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको स्रोतले जनाएको हो। उक्त सामग्रीले स्वास्थ्य सेवालाई अझै गुणस्तरीय बनाउने विश्वास गरिएको छ। भिडियो एक्सरे मेसिन कमलबजारमा उपलब्ध भएपछि नियमित स्वास्थ्य चेकजाँच तथा उपचार विधिमा ठूलो सहयोग पुग्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय