अछाम जिल्लाको गैसरकारी संस्थामहासंघ लगायत नागरिक संगठनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षपत्र बुझाएका छन । नेपाल सरकार गृहमन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०२८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था दर्ता निमयन तथा व्यवस्थापन सम्बन्धी कानुननलाइ एकीकरण गर्न बनेको विधेयक २०८२ को मस्यौदा यस संग सरोकार राख्ने विज्ञ तथा सरोकार राख्ने व्यक्तिहरुको राय सुझाव नै संकलन नगरी ल्याउन खोजिएको हुदा उक्त कार्य तत्काल अगाडी नबढाउन दबाब सृजना गर्ने उदेश्यले ध्यानाकर्षपत्र सहित प्रेस विज्ञप्ती बुझाएको गैसस माहासंघ अछामका अध्यक्ष बल बहादुर केसीले जानकारी दिनुभयो ।
ध्यानाकर्षपत्र मार्फत समाज रुपान्तरणका क्षेत्रमा गैसरकारी संघ संस्था र नागरिक संगठनहरुले निकै महत्वपूर्ण भुमिका निर्वाहा गरिरहेको अवस्थामा यी संस्था र संगठनहरुलाई अफ्ठयारो हुनेगरि मस्यौदा तयार भएको हुदा यस्ता महत्वपूर्ण विषयमा यस संग सरोकार राख्ने विज्ञ व्यक्ति तथा संस्थाको राय सुझाव लिएर मात्रै मस्यौदालाई अन्तिम रुपदिन महासंघले सरकारलाई आग्रह गरेको छ । नेपाल सरकारले हालै जारी गरेको मस्यौदामा नागरिक संघसंस्थाहरुलाई संकुचित पार्ने, सहजिकरण र सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने, नागरिक सहभागितामा कटौती गर्ने मात्र नभई नागरिक स्वातन्त्रता, समोवेशिता र पारदर्शिताका साझा मूल्यहरुमा समेत प्रहार गर्ने अवस्था सिर्जना गरेको भन्दै आपत्ती समेत जनाएको छ ।
साथै महासंघले सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनेगरी संघ संस्था सम्बन्धि विधेयक, २०८२ मा रहेका त्रुटीहरु सरोकारवालाको सहभागितामा तत्काल सच्याइ पुर्नलेखन गर्न अपील समेत गरेको छ । यसैगरी गैसस महासंघ लगायत नागरिकहरु संगठन तथा सजालहरुले अछाम जिल्लामा रहेका विभिन्न सामाजिक कुरीतिको अन्त्य गर्ने अभियानलाई थप प्रभावकारी बनाएर लैजान भन्दै जिल्ला प्रशासन कार्यालय अछामलाई अनुरोध समेत गरेको छ ।

जिल्लामा छाउपडी प्रथा, बालविवाह जस्ता सामाजिक समस्याले महिला तथा किशोरीहरु सबैभन्दा बढी प्रभावित भएकाले यस्ता सामाजिक समस्याको अन्त्य गर्नका लागि प्रशासनलाई आग्रह गरेको हो । गत शुक्रबार मात्रै जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा न ८ बारलामा महिनावारी बार्न पाल टागेर बसेकी एक महिला र बालिकाको ज्यान जानुका साथै एक महिला गम्भिर घाइते भएको घट्नाले जिल्लाका सरोकारवाला नै आलोचित भइरहेको अवस्थामा यस्ता सामाजिक समस्याको अन्त्य गर्न अग्रणी भुमिका निर्वाह गर्न आग्रह गरेको छ ।
ध्यानाकर्षपत्र बुझाउने कार्यक्रममा नागरिक संघ संस्थाका महासंघ र संजालका तर्फबाट गैसस महासंघ अछामका अध्यक्ष बल बहादुर केसी, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, मानव अधिकार एलायन्स अछामका अध्यक्ष भरत सिंह रावल, सामुदायिक वन उपभोक्ता महासंघ अछामका अध्यक्ष राधिका भुजेल, राष्ट्रिय अपांग महासंघका अध्यक्ष जंग बहादुर विक, पुर्व ईन्सेक प्रतिनिधि शिवराज ढुंगाना, महिला अधिकार मंच अछामका अध्यक्ष अप्सरा कुवँर, समविकास नेपालका पवन गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय