वृहत्त यौनिकता शिक्षा सम्बन्धी समिक्षा बैठक कमलबजारमा सम्पन्न
हिक्मत बहादुर नेपाली
अछाम कार्तिक २६ ।
वृहत्त यौनिकता शिक्षा सम्बन्धी समिक्षात्मक बैठक कमलबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । वृहत्त यौनिकता शिक्षा सम्बन्धी यस अघि ५ दिने तालिम प्राप्त गरेका कमलबजार नगरपालिकाका ११ वडा उच्चतम विद्यालयका ११ वटा शिक्षकको शिकाई आदानप्रदान तथा विद्यालयमा वृहत्त यौनिकता शिक्षा सम्बन्धी भएका कार्यको समिक्षात्मक १ दिने बैठक आज सम्पन्न भएको युवतीहरुका लागि सुरक्षत एवं सहयोग वातावरण (सेफ गल) का कार्यक्रम अधिकृत दिपा बमले जानकारी दिनुभयो ।
वृहत्त यौनिकता शिक्षा अन्र्तगत विद्यालयमा कक्षा ६ देखी ९ कक्षा सम्म अध्ययन गरिरहेका किशोरी लाई लक्षित गरि वृहत्त यौनिकता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको छ । दिगो विकासका लक्ष्य मध्ये ३,४,५ र १६ नं बुदामा टेकेर वृहत्त यौनिकता शिक्षा सञ्चालन गर्न प्रत्येक विद्यालयमा २५ जना किशोरीको समुह गठन गरिएको र निर्दिष्ट लक्ष्य र तालिमका सिकाइए बमोजिक किशोरी लाई वृहत्त यौनिकता शिक्षा प्रदान गरिरहेको समिक्षा बैठकमा सहभागी शिक्षक शिक्षिकाले बताउनु भयो ।
कार्यक्रममा प्राविधिक सत्र अन्र्तगत वाक नेपाल कार्यक्रम संयोजक निराजन चौधरी र Good neighbor international SAFE Girls project का provincial coordinator जगदिस दासले बृहत यौनिकता शिक्षा र हाल सम्म गरिएका पहल र वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । बैठकको सञ्चालन नगर स्तरीय वृहत्त यौनिकता शिक्षा प्राविधिक कार्य समुहका सदस्य सचिव तथा पालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकालले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण युवतीहरुका लागि सुरक्षत एवं सहयोग वातावरण (सेफ गल) का कार्यक्रम अधिकृत दिपा बमले गर्नु भएको थियो । बैठक Koica ,UNFPA र good Neighbor international काे आर्थिक सहयोग WAC Nepal Achham अछाम द्धारा सन्चालित SAFE Girls परियोजना अन्तर्गत बैठक सम्पन्न भएको हो ।






