हिक्मत बहादुर नेपाली
अछाम कार्तिक २७ ।
कमलबजार नगरपालिका वडा नं ४ चाल्साले विकासमा पाहिला चालेको छ । वडा कार्यालयले विभिन्न विकासका पुर्वाधार मध्ये सडक पुर्वाधार निमार्ण, विद्युत विस्तार, शिक्षा क्षेत्रमा विद्यालयको भवन निमार्ण लगायतका योजनालाई प्राथामिकतामा राखेर काम गरिरहेको छ । संघिय सरकारको २५ लाख लागतमा गैरिटाड सुनपिपल ठाना हुदैं साईमल सडक खण्डमा सडक स्तरोन्नती कार्य अन्र्तगत नाला हाल्ने, ग्याविङ जाली हाल्ने र ग्राभेल गर्न सुरु गरिएको वडा अध्यक्ष मिन बहादुर साउदले बताउनु भयो ।
पञ्चदेवल विनायक नगरपालिका संग जोड्ने सडक अमरसैन सिमगाड खामवाले पिपलचौड सम्मको २ किलोमिटर सडक निमार्ण भईरहेको छ । नगर र वडा कार्यालय मार्फत विनियोजित कुल ७ लाख ५० लागतमा श्री कृष्ण कन्टक्सनले निमार्ण गरिरहेको छ ।
मानसेन कुकुडाकोट सडकमा पहिलो पटक ३ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । ४ लाख कमलबजार नगरपालिका र १ लाख पचास हजार वडा कार्यालयको यस आर्थिक बर्षमा विनियोजित वजेट गरी ५ लाख ५० हजार लागतमा नयाँ ट्रयाक खोल्ने काम श्री कृष्ण कन्टक्सन मार्फत सम्पन्न भएको वडा अध्यक्ष साउदले बताउनु भयो । वडाको पहलमा वडा भित्रका अन्य सडकहरु मावनश्रोतको प्रयोगगरि मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।
विद्युत्त विस्तार अन्र्तगत राष्ट्रिय योजना अनुरुप साविक चाल्सा गाविस भित्रका वडा नं ३ देखी ९ नं वडामा विद्युत्त विस्तार कार्य सम्पन्न भएको र साविक वडा नं १ र २ मा माग महिना भित्र विद्युत जडान कार्य सम्पन्न गरि वडा लाई पुर्ण विद्युतिकरण गर्ने योजना अनुरुप कार्य भईरहेको वडा अध्यक्ष साउदले बताउनु भयो ।
वडामा शिक्षा तर्फ १० लाख वडा कार्यालय र १५ लाख पालिका वाट गरि कुल २५ लाखको लागतमा सिर्जना आवीमा भवन निमार्णको काम भईरहेको छ । र एक एक लाख लागतमा वडा कार्यालयको विनियोजित बजेट मार्फत पिपलचौर बर्थींङ सेन्टर र पशुपती मावि चाल्साको शौचालय मर्मत कार्य भईरहेको वडा कार्यालयले जानकारी दिएको छ ।






