हिक्मत बहादुर नेपाली
कमलबजार, कार्तिक २८ ।
वाक नेपाल र आस्था नेपाल द्धारा सञ्चालित Hatemalo for the child wellbeing and intregreted project को परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । परियोजनाको परिचयात्मक कार्यक्रम आज शुक्रबार कमलबजारमा सम्पन्न भएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग ,कमलबजार नगरपालिकाको समन्वय तथा वाक नेपाल र आस्था नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सन् 2021-2025 को रणनीति साइकल सकेर आगामी सन् 2026-2030 सम्मको रणनीति साइकल सञ्चालनका लागि सो कार्यक्रम भएको हो ।
वाक नेपालका कार्य समिती सचिव सुरत बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । यस्तै कार्यक्रमको विशिष्ट अतिथी पालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । कार्यक्रममा परियोजना लागु भएका कमलबजार नगरपालिकाका वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा वडा नं ३ का अध्यक्ष नन्द सिंह कुँवर, वडां ४ का अध्यक्ष मिन बहादुर साउद वडा नं ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाको विशेष उपस्थिती थियो । कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , ईलाका प्रहरीका कार्यालय प्रमुख कर्ण पार्की, कमलबजार नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

world vision International nepal का अछाम जिल्ला सयोजक मिन बहादुर थापाले अब परियोजनाले बाल बालिकालाई केन्द्रित गरेर बाल समृदि ल्याउन आगामी दिनमा सञ्चालन गरिने परियोजनाको मोडलको बारेमा जानकारी गराउनु भएको थियो जसमा एकिकृत कार्यक्रम सञ्चालन गरिनेछ ।

वाक नेपाल ले गरेका गतिविधिकाे बारेमा जानकारी वाक नेपाल Hatemalo For the Child Wellbeing And Intregrated project का मार्केट कोडिनेटोर विष्णु बुडथापा र आस्था नेपाल का कार्यक्रमकाे जानकारी नि. कार्यक्रम संयोजक तपेन्द्र ठकुल्ला ले जानकारी दिनु भयो साथै वाक नेपाल का फिल्ड परिचालक दिनेश बि क र आस्था नेपाल बाट अम्बिका थापा र भावना भण्डारी काे उपस्थित रहेको थियो  ।
कार्यक्रममा वाक नेपाल र आस्था नेपालले यस अघि समुदाय स्तरमा सञ्चालन गरेका कार्यक्रम र आगामी दिनेमा सञ्चालन गर्ने कार्यक्रमका बिषयमा संस्थाको तर्फ बाट जानकारी गराईएको थियो । संस्थाले आगामी दिनमा वालबालिकाका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताएको छ । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले संस्था संग समन्वय गरि काम गरेको प्रभावकारी भएको र आगामाी दिनमा थप सहकार्य गरेर जान प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट कुँवरले वाक र आस्था नेपाललाई पालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । वाक नेपाल संस्थाका कार्य समिती सचिव सुरत बहादुर खड्काले कार्यक्रमको समापन गर्दे कमलबजार नगरपालिकामा विगत १३ बर्ष देखी सहकार्य गरेर सामाजिक क्षेत्रमा काम गरेको र आगामी दिनमा समाज रुपान्तरणका क्षेत्रमा निरन्तर सहकार्य गर्ने बताउनु भयो । साथै उहाँले गाविस हुदा देखी हाल सम्मका जनप्रतिनिधी तथा आम नागरिक तथा सरोकारवालाको सहयोगलेनै हालसम्म विभिन्न काम गर्न सफल भएकोले सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय