
२०८२ कात्तिक ३० ,
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा. गाेपाल दहित ‘थारू रत्न’ बाट सम्मानित हुने भएका छन् ।
बर्दियाकाे राजापुर नगरपालिका वडा नं २ जाेतपुर निवासी डा. दहितलाई थारू रत्नबाट सम्मान गरिने भएको छ ।
अधिकारकर्मी दहित ५ दशक देखि मानव अधिकार,थारु अधिकार ,दलित अधिकार, सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण, महिला सशक्तीकरण , पछाडी पारिएकाे वर्ग सिमान्तकृत समुदायको हक अधिकार एंव शैक्षिक ,सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै आएका छन् ।
उनी विभिन्न अधिकारमूखी तथा सामाजिक अभियानहरुमा अत्यन्तै सकृय हुनुका साथै निकै लोकप्रिय तथा थारु अगुवा समेत हुन ।
बर्दिया जिल्ला तथा देशका अन्य ठाउँमा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान बाट समेत सम्मानित भई सकेका छन्
अधिकारकर्मी दहित युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि काे कार्यकारी निर्देशक तथा युनिक नेपालकाे संरक्षक पदमा रहि मानवअधिकार,थारू अधिकार दलित अधिकार, सामाजिक न्याय तथा रुपान्तरणकाे क्षेत्रमा कृयाशिल छन् ।
पुर्व मन्त्री समेत रहेका दहित महिला शसक्तिकरण , महिलाकाे उत्थान र आत्मानिर्भर बनाउनका निम्ति याेगदान गरेकाे साथै थारु समुदायका लागि विशिष्ट याेगदान गरेकाे भन्दै उनी थारु आयाेगबाट ‘थारू रत्न’ बाट सम्मानित हुने भएका छन् ।
थारू आयोगले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा डा. दहित लगायत विभिन्न व्यक्तित्वहरुलाई थारू रत्न र थारू गौरवद्वारा सम्मान गर्ने जनाएको छ ।
आयोगकी सदस्य शान्ति मोदीले थारू आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे जानकारी समेत दिइन् ।
उनले थारू रत्नबाट सम्मानित हुनेहरुमा पुर्व मन्त्री तथा समाजिक अभियन्ता डा. गाेपाल दहित (बर्दिया), पहुरा थारू दैनिक पत्रिका (कैलाली), लेखक लक्ष्मण चौधरी (उदयपुर), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ) लगायत रहेका छन् ।
यसैगरी थारू गौरवबाट सम्मान गरिनेमा थारू आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा.उमाशंकरप्रसाद चौधरी,प्रदीप भगत (सुनसरी), युनिक नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), रहेका छन् ।
त्यस्तै, थारू आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ ।
यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् ।
अगामी माघ पर्वको अवसरमा पारेर सम्मानित गरिने समेत सदस्य मोदीले जानकारी दिइन् ।
यसअघि थारू आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।






