हिक्मत बहादुर नेपाली
अछाम कार्तिक ३० ।
यूएनडिपि र बहुउदेश्य विकास समाज ( एमपिडिएस ) को संयुक्त साझेदारीमा सञ्चालित एचआईभि प्रीभेन्सन माईग्रेशन प्रोग्राम अन्र्तगत सरोकारवाला संग समन्वयात्मक बैठक कमलबजारमा आज सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा पालिका स्तरीय सरोकारवालाहरु संग समन्वयात्मक बैठक सम्पन्न भएको हो । नगर प्रमुख ढकालले एचआईभी संक्रमितको स्वास्थ सेवा सहजताका लागि स्वास्थ्य बीमा गराउने प्रतिबद्धता गर्नुभएको छ । साथै संक्रमित संग मंसिर ४ गते दिउँसो १ बजे बैठक राखिएको जानकारी गराउनु भयो ।
बैठकमा बहुउदेश्य विकास समाज ( एमपिडिएस ) प्रोजेक्ट अन्र्तगत सञ्चालित एचआईभि प्रीभेन्सन माईग्रेशन प्रोग्रामका कार्यक्रम अधिकृत लक्ष्मी चलाउनेले सो प्रोजेक्टले हाल सम्म गरेका कार्य र आगामी दिनमा सो प्रोजेक्ट अन्र्तगत गरिने कार्य सम्बन्धी जानकारी गराउनु भएको थियो । स्वस्थ्य, सुन्दर शान्त अनुशाशित, अनुकरणिय आत्मनिर्भर, लैगिंक समतामुलक गतिशिल समाजको सृजना गर्ने परिकल्पना रहेको यो कार्यक्रमको मुख्य उदेश्य समुदायमा पछाडी परेका तथा पारिएका भुमिहिन वर्ग वालबालिका, दलित जनजाती तथा महिला पुरुष लाई शैक्षिक सामाजिक र आर्थिक क्षेत्रमा समान अवसर दिलाई उनिहरुको क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने रहेको छ ।
खुल्ला सिमानाका कारण बैदेशिक रोजगारीका सिलसिलामा भारतमा बढ्दो ओहोरदोहोर लगायतकाका कारण एचआईभि, टिबी लगायतका रोगहरु बढ्दो क्रममा रहेकाले सोको पहिचान गरि स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यका साथ सुदूरपश्चिमका बैतडी बझाङ डडेल्धुरा डोटी र अछाम गरि पाँच जिल्लामा हाल यो कार्यक्रम लागु गरिएको छ । स्वास्थ सम्बन्धी सचेतना, एचआईभि, टिबीको परिक्षण मनोपरामर्श जोखिम न्यूनिकरणका लागी अस्थाई साधन कण्डम वितरण शिविर सञ्चालन तथा मोवायल क्याम्प चलाउने लगायतका कार्य यस कार्यक्रम अन्र्तगत सञ्चालन गरिने बताईएको थियो । यस कार्यक्रमका लक्षित वर्ग कम्तीमा ६ महिनाका लागी कामको खोजिमा भारत जाने र नियमित रुपमा आउने जाने प्रवासी तथा तिनका परिवारहरु, एचआईभि तथा टिबी संक्रमित भएका व्यक्ति र तिनका परिवारका सदस्यहरु, वालबालिका र कुपोषित व्यक्तिहरु टिबी को औषधि खाईरहेका विरामी र तिनको उपचार गरिरहेका स्वास्थ्यक्रमी रहेका छन । तीन बर्ष सम्म सञ्चादन हुने यस कार्यक्रममा अछामका लागी कुल १ करोड ३० लाख ४८ हजार ६५९ बजेट रहेको छ । सुदूरपश्चिमका ५ जिल्ला र दैलेख सुर्खेत रुकुम पश्चिममा कार्यक्रम सञ्चालनका लागी ९ करोड ३२ लाख ९२ हजार ९ सय ८९ बजेट रहेको कार्यक्रममा जानकारी गराउनु भएको थियो । आजको समन्वयात्मक बैठकमा पालिका स्थीत विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय