रमिता बि,क
अछाम, मंसिर १६ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अछामको कमलबजार नगरपालिका–५ कुईकामा आज एक भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा आयोजित गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिका विद्यार्थी महिला समूह, महिला स्वयंसेविका बालबालिका, शिक्षक प्रहरी तथा सरोकारवालाको उत्साहपूर्ण उपस्थितिमा लैङ्गिक हिंसा नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो। प्रविधिको सही प्रयोग गरौँ, डिजिटल हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा स्थानीय उपायबारे विस्तृत छलफल गरेका थिए।
महाकाली मा . वि का विद्यार्थीहरुले सांगीतिक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिँदै लैङ्गिक हिंसा विरुद्धको सन्देशसमेत प्रवाह गरेका थिए। उनीहरूको प्रस्तुति कार्यक्रमको आकर्षण बनेको थियो।
वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षको सामूहिक भूमिकाको आवश्यकता रहेको बताउँदै समाजबाट लैङ्गिक हिंसा हटाउनका लागि चेतना, सहकार्यता र सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहबाट सम्भव हुने सबैखाले कार्यक्रम निरन्तर रुपमा गर्न प्रतिबद्ध रहेकाे पनि बताउनुभयो । उहाले स्थानीय तहमार्फत सचेतना तथा सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैङ्गिक हिंसामुक्त समाज निर्माणतर्फ अघि बढ्ने लक्ष्य राखिएको छ।
सोही कार्यक्रममा सामाजिक संस्था ओसीएमसी नेपालका पार्वती बोहराले कार्यक्रममा उपस्थित महिला तथा बालबालिका र सम्पूर्णलाई लैङ्गिक हिंसा सम्बन्धी चेतनामूलक सन्देश प्रस्तुत गर्नुभएको थियो ।
वडा सदस्य दुर्गा तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्देश्य न्यायिक समितिका उजुरी प्रशासक रामबहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक कल्पना देवकोटाले गर्नुभएको थियो।




