अछाम मसिर १७ । कमलबजार नगरपालिका–४ चाल्सामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार एक अन्तरक्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष मिन बहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमले समुदायमा बढ्दो लैङ्गिक हिंसा रोकथाम, महिला तथा बालबालिकाको अधिकार संरक्षण, तथा स्थानीय तहको भूमिकाबारे छलफल गर्ने उद्देश्य राखिएको थियो। सहभागीहरू बीच लैङ्गिक समानता, घर–परिवार तथा समाजमा हुने सूक्ष्म हिंसा पहिचान, रोकथामका उपाय र कानुनी प्रावधानबारे विस्तृत अन्तर्क्रिया भएको आयोजकले जनाएको छ।
वडा अध्यक्ष साउदले भने, लैङ्गिक हिंसा अन्त्य गर्न समुदायको सक्रियता र चेतना अत्यावश्यक छ। स्थानीय तहमार्फत् हरेक नागरिकलाई सुरक्षित, सम्मानजनक र न्यायपूर्ण वातावरण बनाउन हामी निरन्तर कार्यरत छौँ।
कमलबजार नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मिन बहादुर साउथको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश माननीय अम्बिका थापा रहनुभएको थियो सोही कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि कर्मचारी शिक्षक समाजसेवी बुद्धिजीवी प्रहरी विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो भने वडा सचिव डम्मरा साउदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालक मनोसामाजिक परामर्शकर्ता संयोजक कल्पना देवकोटाले गर्नुभएको थियो।




