किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोग वातावरण (SAFE-Girls) परियोजना अन्तरर्गत जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमन गरेको छ । DPAC visit अन्तर्गत मंङ्गलसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित कुन्ती मावि र वडा नं ५ मा अवस्थीत शोडषा माविमा सञ्चालन भइरहेको रूपान्तरण कक्षाको जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमन गरेको हो । रुपान्तरण कक्षाको १० वटा खण्ड बाट किशोरीहरुले सिकेका कुराहरू अनुगमन समिति संग आदानप्रदान गरेकी थिईन । साथै किशोरीहरुले आफुले भोगीरहेका समस्याहरु राख्दै आगामी दिनमा परियोजना बाट समाधानका लागि भुमिका खेल्नुपर्ने बताएकी छन । जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमनमा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, जिल्ला समन्वयको उपप्रमुख दानमती शाही शिक्षा शाखाबाट दीपक भण्डारी महिला शाखाबाट मञ्जु महत UNFPA बाट भरत गोतामे Good neighbour international बाट जगदीश दास सेवक नेपालबाट महेश hitang र वाक नेपालबाट कार्यक्रम संयोजक निराजन चौधरी मङ्गलसेन नगरपालिकाको जेन्डर अफिसर गौरी भण्डारी को सहभागीता रहेको थियोे । यो संगै किशोर किशोरी सूचना कक्षा पनि भिजिट गरिएको थियो। यसलाई अझै प्रभावकारी कसरी बनाउने भन्ने कुराहरू पनि छलफल गरिएको थियो। अनुगमनका क्रममा प्रत्येक विद्यालयका वृहत् यौनिकता शिक्षा प्राप्त गरेका तालिम प्राप्त शिक्षक र vi रूपान्तरण किशोरीहरूले आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय