हिक्मत बहादुर नेपाली
अछाम पुस १८ ।
कमलबजार नगरपालिका ७ नं वडा कार्यालय सेरा अछामले मातपोत तथा सम्पती कर तिर्न वडावासीलाई अनुरोध गरेको छ । कमलबजार नगरपालिकाको आर्थीक ऐन २०८२ बमोजिम आर्थीक बर्ष २०८२/८३ मालपोत ( घर/जग्गा ) कर तिर्न बुझाउन वाँकी करदाताहरुको जग्गाधनी तथा पारिवारीक विवरण सहित करदाता कोड जारी गरि सम्पुर्ण विवरण सहित करदाता कोड जारी गरी सम्पुुर्ण विवरण अनलाईन ईन्ट्री अनिवार्य अभिलेख राख्नुपर्ने हुदाँ वडा कार्यालयमा उपस्थित भई विवरण दर्ता गराई मातपोत तथा सम्पती कर तिर्न हन सम्बन्धीत सवैमा वर्डा कार्यालयले अनुरोध गरेको हो ।
वडा सचिव शिरिष खड्का द्धारा हस्ताक्षरित सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
मातपोत तथा सम्पती कर तिर्न जग्गाधनीको लालपुर्जा अनिवार्य छ र यस्तै जग्गाधनीको नेपाली नागरिकताको प्रमाणपत्र, सम्पर्क मोवाईल नम्बर समेत अनिवार्य गरिएको छ । समयमै विवरण दर्ता तथा मातपोत तथा सम्पती कर चुक्ता गरि सहयोग गरिदिन वडा अध्यक्ष नृप बहादुर बोहराले आम वडा वासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय