कमलबजार नगरपालिका वडा नं ४ चाल्साको आव २०८१/ ८२ को सार्वजनिक सुनुवाई तथा आव २०८२/८३ को प्रथम चौमासिक समिक्षा कार्यक्रम आज वडा कार्यालयको प्राङगणमा सम्पन्न भएको छ । वडा अध्यक्ष मिन बहादुर साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी संविधान सभाका सदस्य भरत साँउद रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा पुर्व सुदूरपश्चिम प्रदेश सभाका सदस्य अम्बीका थापा र कमलबजार नगरपालिका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी विभिन्न राजनितिक दलका प्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी विभिन्न संघ संस्थाका प्रतिनिधी र आम नागरिकको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव डम्बरा साउदले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण रेडियो गाँउघरका प्रवन्धक टेक बहादुर थापा र रेडियो केबिएम एफएमका प्रवन्धक हिक्मत बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रमको सम्पादित अंश भोली विहान ८ बजे देखी रेडियो केबिएम एफएम ८९.९ मेगाहर्ज मार्फत सुन्न सक्नुहुनेछ । साथै केबिएम टिभीमा हेर्न सक्नु हुनेछ । र रेडियोको फेसबुक पेज मार्फत हेर्न विभिन्न भिडियो क्लिप हेर्न सक्नुहुनेछ ।





