बसुन्धरा माविकाे स्वर्ण जयन्ती सम्पन्न: पालिका अध्यक्ष डम्बर बि.सी. द्धारा विद्यार्थीलाई आफ्नो सेवा सुविधा बापतको छात्रवृत्ति वितरण
अछाम पौष २९ ।
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.सी.ले श्री बसुन्धरा माध्यमिक विद्यालय, थाल्पाटाका विद्यार्थीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गर्नुभएको छ। विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सो रकम वितरण गरिएको हो।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भए पश्चात् अध्यक्ष बि.सी.ले आफूले पाउने मासिक सेवा सुविधा शिक्षा र सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धता अनुसार उहाँले वि.स. २०७९ देखि नै निरन्तर प्रत्येक वर्ष विद्यालयका जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई सहयोग गर्दै आउनुभएको छ। यस वर्ष पनि उहाँले आफ्नो एक महिनाको सेवा सुविधा बापतको कुल ३० हजार रुपैयाँ कक्षा १ देखि १२ सम्मका १२ जना विद्यार्थीहरूलाई जनही २ हजार ५ सयका दरले वितरण गर्नुभएको हो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली:
कक्षा १: मनिस तिरूवा
कक्षा २: बिजया टमट्टा
कक्षा ३: रेमुका बुढा
कक्षा ४: रमेश कामी
कक्षा ५: प्रदिप बुढा
कक्षा ६: सिर्जन टमटा
कक्षा ७: निसा बुढा
कक्षा ८: रोशन बुढा
कक्षा ९: गोपाल वि.सी.
कक्षा १०: बीमला बुढा
कक्षा ११: सिर्जना कुमारी बुढा
कक्षा १२: सिर्जना कुमारी वि.क.
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बि.सी.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष डम्बर बहादुर बि.सी.ले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र प्रोत्साहन मिल्ने विश्वासका साथ आफूले यो सहयोगलाई आगामी वर्षहरूमा पनि निरन्तर राख्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।




