नेकपा एमाले ढकारी गाउँपालिका कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले चुनाव केन्द्रित कार्यक्रम संचालन गर्ने, नेकपा एमालेका उमेदवार यज्ञ बोगटीलाई जिताउन गाउँ तथा टोलहरूमा विशेष अभियान संचालन गर्ने र त्यसका लागि आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिका कमिटी अध्यक्ष महादेव बुढाको अध्यक्षतामा सम्पन्न बैठकले पालका स्तरका नेताहरूले विभिन्न किसिमका जिम्मेवारी समेत प्रदान गरेको छ । बैठकमा एमालेका प्रदेश कमिटी सदस्य हेमा शाही, प्रदेश सल्लाहकार सदस्य नवल सिंह बुढा, एमाले जिल्ला कमिटी उपसचिव टोपबहादुर शाही, जिल्ला कमिटी सदस्य पूर्ण बहादुर बुढा, गोपाल सिंह बुढा, जिल्ला सल्लाहकार सदस्य हिक्मत साउद लगायतका नेताहरूको सहभागीता रहेको थियोे । एमाले ढकारीले अहिले पार्टीका गतिविधिलाई तिव्रता दिएको प्रेस चौतारी अछामका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय