हिक्मत बहादुर नेपाली
अछाम माघ १४ ।
संघीय नायब सुब्बा (संसद सेवा) तर्फ संघिय संसद सचिवालयमा हालै सिफारिस भएका विमल कुमार कार्कीको आज एक कार्यक्रमका विच कमलबजार नगरपालिका बाट विदाई गरिएको छ ।
वि.सं २०८० मा सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको पाँचौँ तहमा प्रशासन तर्फ १ नम्बरमा सिफारिस भई विगत २९ महिना देखी कमलबजार नगरपालिकाको कार्यालयमा कार्यरत कार्कीको पालिकाले आज फेरि भेटौला कार्यक्रम गरि विदाई गरेको हो ।
फेरि भेटौला कार्यक्रम कार्यक्रममा संघिय नायब सुब्बा कार्की लाई कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा बिष्ट कुँवर पालिकाको वडा नं १ का अध्यक्ष भक्त बहादुर बोहरा, नि.प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही र पालिकाका विभिन्न शाखाका कर्मचारीले टिका र खादा लगाएर बधाईका साथैं आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
विदाई कार्यक्रममा बोल्दै कार्कीले पालिकामा काम गर्दा कार्यालयबाट अत्यन्तै सहयोग भएको स्मरण गदैं आगामी सार्वजनीक सेवामा रहदा अछाम र कमलबजारमा फेरी काम गर्ने अवसर प्रदान हुनेमा विश्वास व्यक्त गर्नु भयो ।
निरन्तर मेहेनत, अटुट धैर्यता र सकारात्मक सोचको साथ लगनशीलताले सफलताको शिखर चुम्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेका कार्की दैलेखको दुल्लु नगरपालिका–४ जस्तो ग्रामीण परिवेशमा जन्मिएका हुन ।
सामान्य आर्थिक अवस्थाबीच पनि सपनालाई कहिल्यै मर्न नदिएका कार्की सानैदेखि सामान्य ज्ञानप्रति विशेष रुचि राख्दथे । कार्कीले घरायसी काममा सहयोग, सामाजिक सक्रियता र पढाइलाई सँगसँगै अगाडि बढाउँदै कक्षा १२ सम्मको अध्ययन दैलेखमै पूरा गर्नुभयो ।
१४ वर्षको कलिलो उमेरमै पारिवारिक आर्थिक कठिनाइका कारण भारतको हिमाचल प्रदेश श्रमिकका रूपमा जानु पर्दा आँखा भरि आँसु भएको उहाँले स्मरण गर्नुभयो । तर मनभरि सपना थियो उहाँको त्यहाँ काम गर्दागर्दै एस.एल.सीको नतिजा आएपछि पुनः नेपाल फर्केर पुरक परीक्षा दिई सफल हुनुभयो । फेरि रोजगारीको खोजीमा मुम्बईदेखि उत्तराखण्डसम्मका होटल, खाजा पसल र श्रम स्थलमा इमान्दारिताका साथ काम गर्नुभएको अनुभव उहाँ संग छ ।
भारत र नेपालका विभिन्न ठाउँमा श्रमिकको काम गर्दै पनि उहाँले पढाइ छोड्नुभएन । २०७७ सालको कोरोना महामारीले जीवनको बाटो मोडिदियो उहाँको । “अब नेपालमै सरकारी जागिर” भन्ने संकल्प बलियो बन्दै गयो । आर्थिक अभाव हुँदाहुँदै पनि २०७८ वैशाखमा लोकसेवा तयारीमा होमिनुभयो ।
लोकसेवा यात्राका उतार–चढाव
असफलता र सफलताको लामो सूची छ, तर कहिल्यै हार भने मान्नु भएन ।
– पटक–पटक पहिलो पत्रमा सफलता, लिखितमा असफलता
– प्रदेश र संघीय तहमा निरन्तर प्रयास
– २०८० मा कर्णाली प्रदेश सहायक चौथो तहमा सिफारिस १० नम्बरमा सिफारिस
– २०८० सुदूरपश्चिम प्रदेश पाँचौँ तहमा प्रशासनतर्फ १ नम्बरमा सिफारिस
– अन्ततः २०८२ मा संघीय नायब सुब्बा (संसद सेवा) मा सिफारिस हुनु भयो ।
सधैँ सकारात्मक सोच
अत्यन्त जिज्ञासु र सिक्न तत्पर
असफलतामा नआत्तिने, सफलतामा नअहंकारी
निरन्तर अभ्यास र आत्मविश्वास भए सफलता प्राप्त हुने उहाँको भनाई छ ।
यो सफलतताको कथा केवल एक व्यक्तिको होइन, हिम्मत नहार्ने सबै युवाको कथा हो । तसर्थ उहाँको सफलताको कथाबाट अन्य युवाले पनी पाठ सिक्नेकी ।





